आज नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दै | Samacharpati आज नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दै – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • आज नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दै

आज नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दै

आज नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दै

काठ्माण्डौ, १४ असार । आज नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दै छ । १४ औँ महाधिवेशनको कार्यतालिका बारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।

आईतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने, बैठकमा समसामयिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुनेछ । कोभिड–१९ का लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरिएको स्रोतले बताएको छ ।

महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण अगाडी बढिसकेको छ । काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता