गोरखामा नौ जना कोरोना संक्रमित निको भएर फर्के घर | Samacharpati गोरखामा नौ जना कोरोना संक्रमित निको भएर फर्के घर – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८
  • होमपेज
  • गोरखामा नौ जना कोरोना संक्रमित निको भएर फर्के घर

गोरखामा नौ जना कोरोना संक्रमित निको भएर फर्के घर

गोरखामा नौ जना कोरोना संक्रमित निको भएर फर्के घर

गोरखा, १२ असार गोरखाका नौ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । भर फर्कनेमा गण्डकी गाउँपालिकाका २६, ३०, २०, २१ र २५ वर्षका पुरुष, गोरखा नगरपालिकाका ३५,२९ र ३२ वर्षका पुरुष र ३१ वर्षकी महिला रहेका छन् । उनीहरु सबैको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज भएकाहरुलाई अब दुई साता होम क्वारेन्टाइनमा बस्न सुझबा दिँदै डिस्चार्ज गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । यसअघि गोरखा अस्पतालमा उपचाररत २८ वर्षीय महिलासहित नौ जना डिस्चार्ज भइसकेका छन् । गोरखामा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार