परोपकार युवा समाज नेपालद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिताकाे नतिजा प्रकाशित | Samacharpati परोपकार युवा समाज नेपालद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिताकाे नतिजा प्रकाशित – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १०, २०७८
  • होमपेज
  • परोपकार युवा समाज नेपालद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिताकाे नतिजा प्रकाशित

परोपकार युवा समाज नेपालद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिताकाे नतिजा प्रकाशित

परोपकार युवा समाज नेपालद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिताकाे नतिजा प्रकाशित

अर्घाखाँची, १२ असार । परोपकार युवा समाज नेपालद्वारा आयोजित अनलाइन निबन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशित भएको छ । मुलुकमा चलिरहेको बन्दाबन्दीको समयमा खाली समयलाई सदुपयोग गरि सृजनशिलतामा उपयोग गर्ने उदेश्यका साथ गत जेष्ठ ११ देखि मसान्त सम्म आयोजना गरिएको निबन्ध लेखन प्रतियोगिताको नतिजा शुक्रबार प्रकाशित गरिएको संस्थाका केन्द्रीय अध्यक्ष तीर्थ प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

निबन्धको शिर्षक “राष्ट्र र राष्ट्रियता” राखिएको थियो । प्रतियोगितामा विभिन्न जिल्लाका सहभागी थिए । जसमध्ये प्रथम हुने काभ्रेका आयुष बडाल भएका छन् । यस्तै द्वितीय बागलुङकि संगिता क्षेत्री र तृतीय स्याङ्जाका धनप्रसाद पौडेल भएका छन् ।

विषम परस्थितिका कारण सबै एकै ठाउँमा सहभागी भई कार्यक्रम गर्न असम्भव भएकोले सम्पुर्ण सहभागिलाई धन्यवाद दिदै अनलाइनबाटै नतिजा प्रकाशन गरेको संस्थाका कोषाध्यक्ष भिम बिसीले बताए ।

आजको ट्रेन्डिङ समाचार