कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेपछि पोखरामा चल्यो गोली | Samacharpati कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेपछि पोखरामा चल्यो गोली – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेपछि पोखरामा चल्यो गोली

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेपछि पोखरामा चल्यो गोली

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेपछि पोखरामा चल्यो गोली

पोखरा, १२ असार । पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या भएपछि प्रहरीले गोली चलाएको छ । संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको शव ब्यबस्थापनका क्रममा पोखरा ३२ मा मजुवामा सेतीनदी किनार नजिककै खालि जमिनमा बिहीबार ती पुरुषको शव गाड्न लैजाँदा स्थानीयले अवरोध गरेपछि प्रहरीले गोली चलाएको हो ।

स्थानीयले आफ्नो गाउँठाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको गाडी नै तोडफोडसमेत गरेपछि प्रहरीले बल प्रयोग गर्न बाध्य भएको हो । झडपका क्रममा सशस्त्रको गाडीको सिसा फुटेको छ भने शव ब्यबस्थापनमा विरोध जनाउने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आजको ट्रेन्डिङ समाचार