संघियता नआएको भए यतिबेला हामी योजनाका फाइल बोकेर सिँहदरबारको स्कृनमा आफ्नो पालो कुरीरहेका हुन्थ्यौँ | Samacharpati संघियता नआएको भए यतिबेला हामी योजनाका फाइल बोकेर सिँहदरबारको स्कृनमा आफ्नो पालो कुरीरहेका हुन्थ्यौँ – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८
  • होमपेज
  • संघियता नआएको भए यतिबेला हामी योजनाका फाइल बोकेर सिँहदरबारको स्कृनमा आफ्नो पालो कुरीरहेका हुन्थ्यौँ

संघियता नआएको भए यतिबेला हामी योजनाका फाइल बोकेर सिँहदरबारको स्कृनमा आफ्नो पालो कुरीरहेका हुन्थ्यौँ

संघियता नआएको भए यतिबेला हामी योजनाका फाइल बोकेर सिँहदरबारको स्कृनमा आफ्नो पालो कुरीरहेका हुन्थ्यौँ

मुख्यमन्त्रीबाट हेलो मुख्यमन्त्री सहित प्रत्यक्ष जनतासंग कुराकानी गरेर, जनताको समस्यालाई स्वयमं आफैले प्रदेश सरकारको प्रमुखसंग कुराकानी गरेर त्यो समस्यालाई समाधान गर्ने कुराको एउटा महत्वपुर्ण यो प्रदेश सरकारले मुख्यमन्त्रीको कार्यालयबाट यो धेरै राम्रो छ ।

अर्को निर्वाचन क्षेत्रमा मुख्यमन्त्री वातावरण कृषिको सन्दर्भमा पनि यसले राम्रो, किसानको हितको निम्ति किसानको निम्ति राम्रो काम गरेको छ । र अन्य मन्त्रालयहरुलाई पनि समन्वयका आधारमा मन्त्रालयहरु संचालन गर्नका निम्ति र यो प्रदेशलाई एउटा विकासको गतिमा अगाडी बढाउनका निम्ती मुख्यमन्त्री र मन्त्रीपरिषदबाट गरेको भन्ने कुरा मलाई लागेको छ, व्यवहारले पनि त्यो देखिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा अहिले आएको बजेट, अहिलेको यो महामारी कोरोना भाइरसले पनि हामीलाई धेरै आर्थिक हिसाब बाट साँघुरो बनाएको छ, तै पनि यो समस्याका बाबजुद पनि आर्थिक मामिला मन्त्रीले ल्याउनुभएको छ, यो धेरै राम्रो छ । र यसलाई आन्तरीक राजश्वलाई पनि वृद्धि गर्ने कुराहरु अझै गम्भिरता पुर्वक ल्याउनुपर्ने र विपत राहात कोषलाई अझै वृद्धि गर्नुपर्ने ।

वर्षा पनि लाग्यो, आपत विपत पर्दा यो प्रदेशका निम्ति यो विपद राहात कोषलाई अझै वृद्धि गर्नुपर्ने र यो गण्डकी प्रदेशभित्र रहेका पालिकाहरुमा ७२/७२ बालुवा, गिटी ढुङ्गाहरुको ठेक्कापट्टा भएको छैन । यो हुन जरुरी छ । आउने ठाउँको पहिचान हुन जरुरी छ ।

अन्त्यमा पहुँचको आधारमा योजना छनौट हुन भएन । प्राथमिकताको आधारमा आवश्यकता महसुस गरेर गर्ने, हामीले गर्भ पनि महशुस गर्नुपर्छ । हामी संघियताको व्यवस्थामा आएका छौँ । र यो व्यवस्थामा निर्वाचित होस् या समानुपातिक सबै माननियहरुको आफ्नो ठाउँमा धेरै थोरै योजना समावेश भएको छ । सायद यो व्यवस्था नभएको भए ।

आज हामीले तपाईको घरको बाटो, जिल्लाको बाटो, निर्वाचन क्षेत्र र टोलको योजना बनाउनको निम्ती आज हामी केन्द्रीय संघको माननियहरुसंग लौ न म पनि काठ्माण्डौ आएको छु २/४ वटा फाइल लिएर मलाई गेट पास पठाइदिनु भनेर तपाई हामी सिंह दरवारको गटमा गएर मेरो नाम आयो कि आएन भनेर त्यो स्कृनमा गएर हेरेर बस्ने परिस्थिति हुन्थ्यो, तर आज हामी यो संघिय संरचनाको कारणले तपाई हामी माननिय हुन पाएका छौँ । हामी समितिका सभापति हुन पाएका छौँ ।

हामी मन्त्री हुन पाएका छौा, सचेतक, प्रमुख सचेतक मन्त्री मुख्यमन्त्री बन्न पाएका छौँ । त्यसैले यो प्रदेशको विकासको निम्तिm यो प्रदेशलाई उन्नती र प्रगतिको र अब्बल दर्जाको बनाउनको निम्ति जुन बजेट अर्थमन्त्री र यो गण्डकी प्रदेस सरकारले ल्याएको छ, त्यसलाई धन्यवाद र समर्थन गर्दछु । धन्यवाद ।

गण्डकी प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा नेकपा सांसद रोशन गाहा मगर मंगलबारको बैठकमा राखेको विचार ।

आजको ट्रेन्डिङ समाचार