यो वेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण : प्रधानमन्त्री | Samacharpati यो वेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण : प्रधानमन्त्री – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८
  • होमपेज
  • यो वेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण : प्रधानमन्त्री

यो वेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण : प्रधानमन्त्री

यो वेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण : प्रधानमन्त्री

काठ्माण्डौ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका वेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण भएको बताएका छन् । ती कुराका लागि योग शास्त्रले ज्ञान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं ।’

शारीरिक एवं मानसिक स्वस्थ्य र निरोगी नागरिक समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने मुख्य आधार भएको ओलीले बताएका छन् ।

ओलीले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।’

संयुक्त राष्ट्र सङ्घले सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेको हो । कोरोना महामारीपछि योग, आहार तथा मनोबलको महत्व अझ बढेको छ । सङ्क्रमण रोक्न गरिएको लकडाउन तथा क्वरेण्टीनमा रहेकाहरुको तनाव व्यवस्थापनमा पनि योग महत्वपूर्ण भएको छ ।

आजको ट्रेन्डिङ समाचार