आज विश्व संगीत दिवस | Samacharpati आज विश्व संगीत दिवस – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८

आज विश्व संगीत दिवस

आज विश्व संगीत दिवस

पोखरा, ७ असार । आज विश्व संगीत दिवस । यद्यपी कोरोना भाइरसको माहामारीले गर्दा विगतका वर्ष जस्तै यस वर्ष औपचारिक कार्यक्रमहरु आयोजना गरिएको छैन । हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।

संगीत दिवसको शुरुवात सन् १९८१ मा फ्रान्सबाट भएको मानिन्छ । त्यसयता संगीतसंग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्वका विभिन्न १ सय १० भन्दा बढी देशमा संगीत दिवस मनाउने गरिन्छ । नेपालमा वि सं २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । विश्वभरको सरल र सहज भाषाको रुपमा संगितलाई लिने गरिएको छ । नेपालमा संगितकर्मीको जीविकोपार्जनका लागि व्यावसायिक कठिनाई हुने गरेको बताउँदै आएपनि पछिल्लो समय भने सो अवस्थामा केही सुधार भएको संगितकर्मी बताउँछन् ।

सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायीका, रचनाकार, सङ्गीतकार तथा सङ्गीतप्रेमीहरुको सहभागीतामा आज बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार