थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्याे | Samacharpati थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्याे – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्याे

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्याे

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्याे

काठमाडौं, ५ असार । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । शुक्रबार गुल्मीमा ९४ जना, बैतडीमा ६८ जना, कैलालीमा ४९ जना, बागलुङमा ३२ जना, सिन्धुपाल्चोकमा २१ जना, कञ्चनपुरमा २० जना, तनहुँमा १९ जना, डोटीमा १५ जना, गोरखा र सर्लाहीमा ११÷११ जना कोरोना संक्रमित भेटिएका छन् ।

त्यस्तै डडेल्धुरामा ९ जना, अछाम, कास्की, मकवानपुर र बाजुरा ८/८ जना, अर्घाखाँचीमा ६ जना, पर्वतमा ५ जना, नवलपरासी पूर्व कपिलवस्तु र सर्लाहीमा ४/४ जना, मोरङ, काठमाडौं, स्याङ्जा र बझाङमा ३/३ जना, उदयपुर र रुपन्देहीमा २/२ जना, झापा, सिन्धुली, चितवन, धादिङ र नवलपरासी पश्चिममा १/१ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । याे समाचार अनलाइन खबरमा छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता