भीरकोटका व्यवसायीक कृषकलाई गोला सहितको मौरी घार वितरण | Samacharpati भीरकोटका व्यवसायीक कृषकलाई गोला सहितको मौरी घार वितरण – Samacharpati
Samacharpati
सोमवार, कार्तिक १, २०७८
  • होमपेज
  • भीरकोटका व्यवसायीक कृषकलाई गोला सहितको मौरी घार वितरण

भीरकोटका व्यवसायीक कृषकलाई गोला सहितको मौरी घार वितरण

भीरकोटका व्यवसायीक कृषकलाई गोला सहितको मौरी घार वितरण

चुत्र महत, भीरकोट, ४ असार । प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना मौरी पकेट कार्यक्रम अन्र्तगत भीरकोटका २ वडामा वितरण गर्ने कार्यक्रम रहेकोमा आज भीरकोट नगरपालिका वडा न ५ मा रहेको नव सिर्जनशिल कृषी सहकारीले आफ्नो व्यवसायिक मौरी पालक ७३ जना कृषकहरुलाई १ सय गोला सहितको मौरी घार वितरण गरीएको हो ।

१ सय गोला सहितको मौरी घार वितरण गर्दै नगर प्रमुख छायाराम खनालले मौरी जाती असाध्यै मेहेनती भएको भन्दै टाढाटाढा वाट विभिन्न प्रकारका फूलहरुको रस ल्याई संकलन गरी उत्पादन गर्ने महको शेवनले मानिसको विभिन्न प्रकारको रोग संग लड्न सक्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्ने र सजिलै विक्री गर्न सकिने भएकाले मौरी पालन प्रति कृषकहरु आर्कषित हुदै गएको वताए ।

भीरकोट नगरपालिकाको वडा न ३ र ५ न. वडामा संचालित नव सिर्जना कृषी सहकारीले कृषी ज्ञान केन्द्रमा प्रश्तावना पेश गरे वमोजिम रु ३२ लाखको मौरी पकेट क्षेत्र संचालन भएको र कृषकहरु लाई ५० प्रतिशत अनुदानमा मौरी गोला वितरण गरीएको प्रमुख खनालले वताए ।
नगरलाई मौरी मय वनाउनको लागी कृषकहरुलाई गोला सहितको मौरीको घार वितरण गरेको भन्दै प्रमुख खनालले दत्तचित्त भएर मह उत्पादन वृद्धी तर्फ लाग्न कृषकहरुलाई आग्रह गरे ।

भोली देखीनै मौरीको घार लिनेहरुको लागी ५ दिने मौरी पालन तालिमको संचालन गर्ने भीरकोट मौरी पकेट क्षेत्र संंचालनका अध्यक्ष नन्दलाल खनालले वताए । यसै गरी भीरकोट ३ मा भने आगामी असार १५ गते भित्र मौरी पालन गर्ने कृषकहरुको छनोट गरी तालिम र गोला सहितको मौरीको १ सय घार वितरण गर्ने मौरी पकेट क्षेत्रका अध्यक्ष खनालले वताए ।

आजको ट्रेन्डिङ समाचार