लमजुङमा कोरोना सङ्क्रमित फेला, होटललाई गरियाे सिल | Samacharpati लमजुङमा कोरोना सङ्क्रमित फेला, होटललाई गरियाे सिल – Samacharpati
Samacharpati
सोमवार, कार्तिक १, २०७८
  • होमपेज
  • लमजुङमा कोरोना सङ्क्रमित फेला, होटललाई गरियाे सिल

लमजुङमा कोरोना सङ्क्रमित फेला, होटललाई गरियाे सिल

लमजुङमा कोरोना सङ्क्रमित फेला, होटललाई गरियाे सिल

लमजुङ, ४ असार कोरोना सङ्क्रमित फेला परेपछि लमजुङको एक होटललाई सिल गरिएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँले बास बसेको लमजुङस्थित बेँसीशहर नगरपालिका–७ स्थित पुष्पाञ्जली होटल एण्ड रेष्टुरेन्टलाई आज सिल गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

कोरोना सङ्क्रमित ती कर्मचारी गत जेठ २० गते घरबाट छोरासँग बाइकमा उक्त होटलसम्म आएको र छोरा भने फर्किएका थिए । सो होटलमा एक दिन बास बसेर मनाङ गएकामा कोरोना पुष्टि भएपछि यहाँका आसपासका स्थानीयवासी त्रसित भएका छन् ।

आजको ट्रेन्डिङ समाचार