गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुग्यो | Samacharpati गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुग्यो – Samacharpati
Samacharpati
सोमवार, कार्तिक १, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुग्यो

पोखरा, ४ असार । गण्डकी प्रदेशमा बिहिबार ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका ५ जना नै पर्वतका रहेका छन् । यसको जानकारी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ८ बजे सुचना जारी गरेर जानकारी दिएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुगेको गण्डकी स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

थपिएका ५ जनामध्ये पर्वतको कुश्मा नगरपालिकाका ४२ वर्षका १ जना पुरुष र २० वर्षका १ जना महिला रहेका छन् । त्यस्तै पर्वतकै मोदी गाउँपालिकाका ३० वर्षिय एक जना पुरुष रहेका छन् भने पर्वतकै फलेबास नगरपालिकाका ३० र ३७ वर्षका २ जना पुरुष रहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।
उनिहरु सबैको कोरोना संक्रमण पुष्टी भएको भरतपुर अस्पतालले प्रतिवेद मार्फत जनाएको उल्लेख छ । उनिहरु सबै जना भारतबाट फर्किएको जनाइएको छ । उनिहरुलाई पर्वतको कुश्मा नगरपालिकामा रहेको कोरोना अस्पतालमा लैजाने तयारी भईरहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।

यसअघि बिहिबार बिहान ५ः४५ बजे जारी गरिएको प्रेस विज्ञप्तीमा ४२ जना थपिएको जनाइएको थियो । ति थपिएका ४ जिल्लाका रहेका थिए । उनिहरु नवलपरासी सुस्ता पुर्वका १८ जना, तनहुँका १२ जना, मनाङका १ जना, गोरखाका ११ जना रहेका छन् ।

उनिहरुमध्ये नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ जना, गैडाकोट नगरपालिकाका १ जना रहेका छन् । त्यसतै तनहुँको ऋषिङ गाउँपालिकाका ७ जना, शुक्लागण्डकी नगरपालिकाका १ जना र भानु नगरपालिकाका ४ जना रहेका छन् । मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिनुभयो । यस्तै गोरखाको पालुङटार नगरपालिकाका ६ जना र शहिद लखन गाउँपालिकाका ४ जना रहेका छन् ।

उनिहरुमध्ये मनाङको चामे गाउँपालिकामा कार्यरत कपिलवस्तुको बाढगंगा १४ स्थायी ठेगना भएका कर्मचारी कपिलबस्तुबाट फर्किका हुन् भने अरु सबै संmमति भारतबाट फर्किएको शर्माले बताउनुभयो ।

उनिहरुसबै सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भईरहेको निर्देशक शर्माले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार