गण्डकीमा ४२ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या २८९ पुग्यो | Samacharpati गण्डकीमा ४२ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या २८९ पुग्यो – Samacharpati
Samacharpati
सोमवार, कार्तिक १, २०७८
  • होमपेज
  • गण्डकीमा ४२ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या २८९ पुग्यो

गण्डकीमा ४२ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या २८९ पुग्यो

गण्डकीमा ४२ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या २८९ पुग्यो

पोखरा, ४ असार । गण्डकी प्रदेशमा बिहिबार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको गण्डकी स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

नयाँ थपिएका संक्रमित गण्डकी प्रदेशका ४ जिल्लाका रहेका छन् । जसअन्तरगत नवलपरासी सुस्ता पुर्वका १८ जना, तनहुँका १२ जना, मनाङका १ जना, गोरखाका ११ जना रहेका छन् ।

उनिहरुमध्ये नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ जना, गैडाकोट नगरपालिकाका १ जना रहेका छन् । त्यसतै तनहुँको ऋषिङ गाउँपालिकाका ७ जना, शुक्लागण्डकी नगरपालिकाका १ जना र भानु नगरपालिकाका ४ जना रहेका छन् । मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिनुभयो । यस्तै गोरखाको पालुङटार नगरपालिकाका ६ जना र शहिद लखन गाउँपालिकाका ४ जना रहेका छन् ।

उनिहरुमध्ये मनाङको चामे गाउँपालिकामा कार्यरत कपिलवस्तुको बाढगंगा १४ स्थायी ठेगना भएका कर्मचारी कपिलबस्तुबाट फर्किका हुन् भने अरु सबै संmमति भारतबाट फर्किएको शर्माले बताउनुभयो ।

उनिहरुसबै सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भईरहेको निर्देशक शर्माले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार