गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा तीन विधेयक प्रमाणीकरण | Samacharpati गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा तीन विधेयक प्रमाणीकरण – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा तीन विधेयक प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा तीन विधेयक प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा तीन विधेयक प्रमाणीकरण

पोखरा, ४ असार । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाले पारित गरेका तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका तीन विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलाले जानकारी दिनुभएकाे थियाे ।

सचिव बाँस्तोलाका अनुसार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गरेका विधेयकहरूमा वातावरण संरक्षण गर्न बनेको विधेयक, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार