आज विश्व खडेरी बिरुद्ध संघर्ष दिवस | Samacharpati आज विश्व खडेरी बिरुद्ध संघर्ष दिवस – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • आज विश्व खडेरी बिरुद्ध संघर्ष दिवस

आज विश्व खडेरी बिरुद्ध संघर्ष दिवस

आज विश्व खडेरी बिरुद्ध संघर्ष दिवस

पोखरा, ३ असार । आज विश्व खडेरी बिरुद्ध संघर्ष दिवस । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नकालागि सन् १९९५ देखि हरेक वर्ष विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ ।

अधिकतम भूमिहरु अनुत्पादक भएको भयावह अवस्था नै मरुभूमिकरण हो । भूमीको वास्तविक प्रयोग कृषि भएपनि विश्व मानचित्रमै भू –माफिया र रियल स्टेट व्यापारको वृद्धिसंगै भूमीको दुरुपयोग र भू–उपयोगको गलत व्याख्या गर्न थालिएको छ । यसै कारणले नै आज विश्व भरिका ८१ करोड मान्छेहरु खाधान्न सङ्कटको असरमा रहेकाछन् ।

खडेरी या मरुभूमिकरणको कुरा भौगोलीक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसंग निरन्तर भईरहने अविवेकी प्रयोग नै २१ औं शताब्दिमा प्रकृतिले भोग्दै आएको समस्या हो । मानव जनसंख्याको वृद्धि सँगै पछिल्ला शताब्दीमा भूमीको वितरण, विभाजन अनि उपयोग वास्वतमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देशहरु खडेरी र मरुभूमीकरणको ढिलोचाँडो जोखिममा रहेका छन् ।

नेपालमा यो दिवस मनाउने गरिएको छैन । विशेषगरी अष्ट्रेलिया, क्यानाडा, घाना, अमेरिका लगायतका देशमा प्राथमिक्ताका साथ यो दिवस मनाइन्छ ।

आजको ट्रेन्डिङ समाचार