पोखरा महानगरपालिकाको न्यायिक इजलास बुधबारबाट सुचारु हुने | Samacharpati पोखरा महानगरपालिकाको न्यायिक इजलास बुधबारबाट सुचारु हुने – Samacharpati
Samacharpati
बुधबार, साउन १३, २०७८
  • होमपेज
  • पोखरा महानगरपालिकाको न्यायिक इजलास बुधबारबाट सुचारु हुने

पोखरा महानगरपालिकाको न्यायिक इजलास बुधबारबाट सुचारु हुने

पोखरा महानगरपालिकाको न्यायिक इजलास बुधबारबाट सुचारु हुने
File Photo

पोखरा, २ असार । कोरोना भाइरसको संक्रमणको त्रासका कारण स्थतिग भएको पोखरा महानगरपालिकाको न्यायिक समितिले आफ्नो सेवालाई निरन्तरता दिने भएको छ ।

सरकारले गत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि न्यायिक समितिले अनलाइन मार्फत उजुरी दर्ता गर्नै ब्यवस्था गरेको थियो । लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले समितिले अनलाइन मार्फत् उजुरी दर्ता गर्ने व्यवस्था मिलाएको थियो, भने इजलासबाट हुने न्यायिक सेवा स्थगित गरेको थियो ।

सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाएपछि समितिको मंगलबार बसेको बैठकले आउदो बुधबारबाट इजलास सञ्चालन गदै सेवा प्रवाहलाई नियमित गर्ने निर्णय गरेको न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताउनुभयो ।

लकडाउन र त्यसअघि परेका उजुरीका विषयलाई अगाडी बढाउने अर्का सदस्य पार्वती कार्कीले बताउनुभयो । इजलास झण्डै तीन महिना बन्द हुदाँ न्याय सम्पादनमा केही कठिनाई भएकाले सहज बनाउन सेवा सञ्चालन गर्ने निर्णय गरिएको न्यायिक समितिका अभिलेख संरक्षक एवं कानुन अधिकृत राममणी अधिकारीले बताउनुभयो ।

स्थानीय तहका विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमै न्यायिक समितिको व्यवस्था गरिएको छ । संविधानको व्यवस्था अनुसार महानगरका उपप्रमुख संयोजक र दुई जना सदस्य रहने व्यवस्था गरेको छ ।

न्यायिक समितिलाई १३ वटा विवादको निरुपण र ११ वटा विवादलाई मेलमिलापका माध्यमबाट समाधान गराउन पाउने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनमा छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता