प्युठानमा ६ वर्षीया बालिकामा देखियाे डेङ्गु सङ्क्रमण | Samacharpati प्युठानमा ६ वर्षीया बालिकामा देखियाे डेङ्गु सङ्क्रमण – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • प्युठानमा ६ वर्षीया बालिकामा देखियाे डेङ्गु सङ्क्रमण

प्युठानमा ६ वर्षीया बालिकामा देखियाे डेङ्गु सङ्क्रमण

प्युठानमा ६ वर्षीया बालिकामा देखियाे डेङ्गु सङ्क्रमण

स्वर्गद्वारी, २ असार । प्युठान नगरपालिका – ६ की एक ६ वर्षीयामा डेङ्गु सङ्क्रमण देखिएको छ । बिरामी भएर अस्पताल आएकी बालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

बालिकाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि आज बुटवल सिफारिश गरिएको अस्पतालले जनाएको छ ।

गत वर्ष असोजमा एक र कात्तिकमा दुई गरी तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी राजन केसीले जानकारी दिनुभयो ।

मौसम परिवर्तनसँगै पहाडी जिल्लामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेकाले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन जिल्ला अस्पताल प्युठानका प्रमुख डा अमृत पन्थीले आग्रह गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार