देशका धेरै ठाउँमा भारी वर्षाको सम्भाबना, सतर्कता अपनाउन आग्रह | Samacharpati देशका धेरै ठाउँमा भारी वर्षाको सम्भाबना, सतर्कता अपनाउन आग्रह – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • देशका धेरै ठाउँमा भारी वर्षाको सम्भाबना, सतर्कता अपनाउन आग्रह

देशका धेरै ठाउँमा भारी वर्षाको सम्भाबना, सतर्कता अपनाउन आग्रह

देशका धेरै ठाउँमा भारी वर्षाको सम्भाबना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, २ असार । आज देशका धेरै ठाउँमा भारी वर्षाको सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

गुल्मीदेखि पूर्व अधिकांश स्थानमा सोमबार रातिदेखि नै वर्षा भइरहेको छ भने आज भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रमा आज बाढी आउने, पहिरो जाने सम्भाबना रहेको छ ।

त्यस्तै बाढी पूर्वानुमान शाखाले पनि बिहानै ट्विटमार्फत सूचना जारी गरी बाढीको खतरा रहेको जानकारी दिएको छ। प्रदेश १ र २ को चुरे र तराई भई बहने स-साना खहरे खोलामा बहाव बढ्ने,केहिमा आकस्मिक बहाव पनि हुन सक्ने हुनाल सर्तकता अपनाउन आग्ह गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार