गण्डकी प्रदेशद्धारा ३४ अर्ब ८४ करोडको बजेट सार्वजनिक (पुर्ण पाठ सहित) | Samacharpati गण्डकी प्रदेशद्धारा ३४ अर्ब ८४ करोडको बजेट सार्वजनिक (पुर्ण पाठ सहित) – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशद्धारा ३४ अर्ब ८४ करोडको बजेट सार्वजनिक (पुर्ण पाठ सहित)

गण्डकी प्रदेशद्धारा ३४ अर्ब ८४ करोडको बजेट सार्वजनिक (पुर्ण पाठ सहित)

गण्डकी प्रदेशद्धारा ३४ अर्ब ८४ करोडको बजेट सार्वजनिक (पुर्ण पाठ सहित)

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आव २०७७र०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट अर्थमनत्री गुरुङले प्रस्तुत गरे । वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।

कुल बजेटमा चालुतर्फ ४१.२ प्रतिशत, पुँन्जीगत ५७.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १.४ प्रतिशत छ ।

आगामी आर्थिक वर्षको बजेटमा खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, ससर्त अनुदान ४ अर्ब ८४ लाख, समपूरनक अनुदान १ अर्ब ४९ करोड ६९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीमार्फत ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ६० करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

जसमा ९ अर्बको न्यून बजेट हुने छ । न्यून बजेट पूर्तिका लागि चालु आर्थिक वर्षको मौस्दातबाट ७ अर्ब उपयोग गरिने अर्बमन्त्री गुरुङले बताए । त्यसो हुँदा पनि अपुग हुने २ अर्बमध्ये आन्तरिक ऋणबाट एक अर्ब र नेपाल सरकारबाट १ अर्ब ब्यहोरिने अर्थमन्त्री गुरुङले प्रस्तुत गरे ।

गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा स्वास्थ्य, कृषि, उद्योृग, रोजगार, शिक्षामा जोड दिएको छ ।

आजको ट्रेन्डिङ समाचार