गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुग्याे | Samacharpati गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुग्याे – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुग्याे

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुग्याे

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुग्याे

काठमाडौं, ३० जेठ । आज बिहान मात्रै ३७ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार विहान स्याङ्जा, पर्वत, तनहुँ र पूर्वी नवलपरासीका थप ३७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका २२, पर्वतका १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै पुरुष रहेको बताइएको छ । स्याङ्जामा सबैभन्दा धेरै १८ जना संक्रमित फेला परेका छन् । स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पर्वतको कुश्मा नगरपालिकामा १० जना फेला परेका छन् ।

 

 

आजको ट्रेन्डिङ समाचार