माछापुच्छेमा स्वाब संकलनमा समस्या – Samacharpati Samacharpatiमाछापुच्छेमा स्वाब संकलनमा समस्या – Samacharpati
  • होमपेज
  • माछापुच्छेमा स्वाब संकलनमा समस्या

माछापुच्छेमा स्वाब संकलनमा समस्या

माछापुच्छेमा स्वाब संकलनमा समस्या

श्रीभद्र पौडेल, हेमजा, २९ जेठ । माछापुच्छे गाउँपालिकामा स्वाब संकलनमा समस्या रहेको पाइएको छ । स्वाब संकलनका लागि तालिम प्राप्त जनशक्ति नहुदाँ समस्या भएको स्वास्थ्य संयोजक गोविन्दप्रसाद आचार्यले जानकारी दिएका थिए ।

जसकारण पोखराबाट स्वास्थ्यकर्मी बोलाउनुपर्ने बाध्यता छ । कास्कीका अन्य स्थानीय तहका स्वास्थ्यकर्मीले संकलनका लागि तालिम पाइसके पनि माछापुच्छे गाउँपालिकाकाले पाउन नसकेको संयोजक आचार्यले बताएका थिए।

संकलनका लागि पोखराबाट स्वास्थ्यकर्मी बोलाउदाँ निकै झन्झटिलो हुँदो रहेछ। स्थानीय जनकल्याण आधारभूत विद्यालय क्वारेन्टाइन रहेका ३ जनाको तत्काल स्वाब संकलन गर्नुपरेको थियो, तर पनि सम्भव छैन संयोजक आचार्यले दुखेसो पोखेका थिए।

अव चाँडै नै स्वास्थ्य शाखाको जोडबलमै भएपनि तालिम लिएर असारको सुरुबाटै गाउँपालिकाका स्वास्थ्यकर्मीबाटै स्वाब संकलन थालिने उनले सुनाए ।

गाउँपालिकाले मंगलवारसम्म ३ स्थानमा क्वारेन्टाइनको व्यवस्था गरेको छ।जसमध्ये जनकल्याण आधारभूत विद्यालय क्वारेन्टाइनमा भारतको हरीयाणबाट आएका ३, बानेटाकुरा बुहुउद्देश्यीय सामुदायिक भवन क्वारेन्टाइनमा दार्जलिङबाट आएका ५ तथा महेन्द्र मावि स्थित क्वारेन्टाइनमा बाग्लुङबाट गाउँपालिकामा हाजिर हुन आएका १ जना कर्मचारी छन्।

मंगलवार अघि गाउँपालिका भर कुल ३१ जनाले क्वारेन्टाइनको समय भुक्तान गरिसकेका छन् भने हाल ६ जना होम क्वारेन्टाइनमा रहेको जनाइएको छ ।कुल ११ जनाको स्वाब संकलन गरी पिसिआर टेष्टका लागि पोखरा पठाएकोमा ६ जनाको रिर्पाेट नेगेटिभ आएको छ । ५ जनाको रिर्पोट आउन बाँकी छ ।

त्यस्तै गाउँपालिकाले आफ्नो पालिका छिर्ने मुख्य नाकामा कडाई पनि गरेको छ । जसअन्र्तगत धम्पुस, धिताल, लाहाचोक र सार्दीखोला छिर्ने नाकामा कडाई गरिएको हो । प्रत्येक नाकामा ३ जनाका दरले स्वयम्सेवक खटाइएको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए ।

गाउँपालिकामा कुल एक हजार ९ सय ८० पालिकावासी विदेश रहेको तथ्याङ छ । जसमध्ये एक सय ९५ जना भारत रहेकोमा संक्रमण यता ८ जना भारतबाट गाउँपालिका आएका छन्। भारतबाट आएका सबै यतिवेला क्वारेन्टाइन छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका