बागलुङका ४ जनाले कोरोनालाई जितेर फर्के घर • Nepal's Trusted Digital Newspaperबागलुङका ४ जनाले कोरोनालाई जितेर फर्के घर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बागलुङका ४ जनाले कोरोनालाई जितेर फर्के घर

बागलुङका ४ जनाले कोरोनालाई जितेर फर्के घर

  • बुधबार, जेष्ठ २८, २०७७
बागलुङका ४ जनाले कोरोनालाई जितेर फर्के घर

पोखरा, २८ जेठ । बागलुङका ४ जनाले कोरोना जितेर घर फर्किएका छन् । धौलागिरी अस्पतालको आइसोलेसनमा कक्षमा उपचाररत ४ पुरुषले कोरोनालाइ जितेर घर फर्किएको जिल्ला अस्पताल बागलुङले जनाएको छ ।

डिस्चार्ज हुनेमा तमानखोला गाउँपालिका २७ बर्षीय २ जना पुरुष र बडीगाड गाउँपालिकाका १९ र २० का २ जना पुरुषहरु रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जेठ १४ गते कोरोना संक्रमण पुष्टी भएर अस्पताल भर्ना भएका उनीहरुको स्वाव संकलन गरि दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको आज डिस्चार्ज गरिएको हो ।

उता आज नै कोरोना संक्रमण पुष्टी भई स्याङ्जा जिल्ला अस्पतालको आइसोलेशन कक्षमा उपचाररत वालिङ नगरपालिका वर्ष २१ का १ जना पुरुष र गल्याङ नगरपालिका २७ र ४० वर्षका २ जना पुरुषहरु कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका