स्याङ्जाका ३ कोरोना संक्रमित निको भएर फर्के घर | Samacharpati स्याङ्जाका ३ कोरोना संक्रमित निको भएर फर्के घर – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • स्याङ्जाका ३ कोरोना संक्रमित निको भएर फर्के घर

स्याङ्जाका ३ कोरोना संक्रमित निको भएर फर्के घर

स्याङ्जाका ३ कोरोना संक्रमित निको भएर फर्के घर

स्याङ्जा, २८ जेठ ।  स्याङ्जाका ३ जना कोरोना संक्रमित बुधबार निको भएर घर फर्किएका छन् । घर फर्किनेमा वालिङका २१ वर्षीय र गल्याङका २७ र ४० वर्षीय पुरुष रहेका छन् । स्याङ्जा अस्पतालको आइसोलेसनमा रहेका ६ जना बिरामीमध्ये ३ जना पुरुष निको भएर घर फर्किएका हुन् ।

जेठ २२ मा स्याङ्जा अस्पतालमा उपचाररत ६ जना र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा पठाइएको थियो । जसमा ३ जनामा पोजिटिभ देखिउको थियो ।

जिल्लामा अहिले स्याङ्जा अस्पतालमा ३ जना र कालिका सामुदायिक अस्पतालमा एक महिलासहित ३१ जना कोरोना संक्रमित उपचाररत छन् ।

आजको ट्रेन्डिङ समाचार