पोखरा समाज अष्ट्रेलियाको सहयोगमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण | Samacharpati पोखरा समाज अष्ट्रेलियाको सहयोगमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण – Samacharpati
Samacharpati
बुधबार, साउन १३, २०७८
  • होमपेज
  • पोखरा समाज अष्ट्रेलियाको सहयोगमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

पोखरा समाज अष्ट्रेलियाको सहयोगमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

पोखरा समाज अष्ट्रेलियाको सहयोगमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

पोखरा, २८ जेठ । पोखरा समाज अष्ट्रेलियाले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक कार्यक्रमका विच स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

सत्य युवा क्लब बाझापाटनको स्थानिय व्यवस्थापनमा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र सत्य युवा क्लबका अध्यक्ष सुरेन्द्र गुरुङ्गले स्वास्थ्य सुरक्षा सामाग्री संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसीले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यलाई फुट प्याडलिङ्ग स्टेशन हस्तान्तरण गरेका थिए ।

क्लबको पहिलो चरणको कार्यक्रम अन्र्तगत हस्तान्तरण गरिएको सामाग्रीहरु हात धुने फुट प्याडलिङ्ग स्टेशन एक थान, फुट प्याडलिङ्ग सेनिटाइजर स्टेशन १ थान, एन नाइन्टिफाइभ मास्क ४ सय थान, सर्जिकल मास्क ४ सय थान रहेको छ ।

हात धुने फुट प्याडलिङ्ग स्टेशनमा एकातर्फबाट लिक्विड साबुन आँउछ भने अर्को तर्फबाट पानी आउने प्रविधी रहेको छ । सेनिटाइजर स्टेशन र हात धुने फुट प्याडलिङ्ग स्टेशन सुरक्षित रहेको क्लबका अध्यक्ष सुरेन गुरुङ्गले दावी गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगरपालिका का मेयर मानबहादुर जिसीले कोरोनालाई जित्न आफ्नो व्यक्तिगत सरसफाई र स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए ।

उनले यसको अन्त्य कहिले हुन्छ भन्ने थाहा नभएकाले सर्तकता अपनाउन पनि आग्रह गरे । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यले सबैको सहकार्यले नै कोभिड नाइन्टिन परास्त गर्न सकिने बताए ।

नेपाली काँग्रस कास्कीका सभापति कृष्ण केसीले पोखरा समाज अष्ट्रेलियाले आफुले जोखिम मोलेर पनि आफु जन्मे हुर्केको ठाउँमा योगदान गर्न सहयोग गरेकामा धन्यबाद प्रकट गरे । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धीबहादुर थापाले कोरोना भाइरस विरुद्ध एकजुट भएर लाग्न पोखरा समाज अष्ट्रेलियाको सहयोगका उल्लेख्य रहेको बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो । यसअघि क्लबले कोरोना भाइरस संक्रमण भई अस्पतालमा उपचार गराइहेका संक्रमितहरुलाई फलफुल वितरण कार्यक्रम गर्दै आइरहेको क्लबका सचिव विशाल गुरुङ्गले जानकारी दिए ।

उनले आँउदो परिस्थिती अनुसार समयानुकल सहयोग कार्यक्रमलाई निरन्तरता दिइने बताए । कार्यक्रममा पोखरा समाज अष्ट्रेलियाले प्रेषित गरेको सन्देश पढेर सुनाइएको थियो । कार्यक्रम स्थानिय व्यवस्थापक सत्य युवा क्लब बाझापाटनका अध्यक्ष सुरेन गुरुङ्गको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव विशाल गुरुङ्गले गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता