बाँकेका २९ जना कोरोना संक्रमित निको भएर फर्के घर | Samacharpati बाँकेका २९ जना कोरोना संक्रमित निको भएर फर्के घर – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • बाँकेका २९ जना कोरोना संक्रमित निको भएर फर्के घर

बाँकेका २९ जना कोरोना संक्रमित निको भएर फर्के घर

बाँकेका २९ जना कोरोना संक्रमित निको भएर फर्के घर

नेपालगन्ज, २७ जेठ । बाँकेका २९ जना कोरोनामुक्त भएर मंगलबार घर फर्कने भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार सबैभन्दा बढी प्रभावित नरैनापुरका २२ र राप्ती सोनारीका ७ जना निको भएपछि डिस्चार्ज गर्ने तयारी भएको बताइएको छ ।

नरैनापुरका २२ जना कोहलपुर नगरपालिकाको पिपरीस्थित कृषि विकास बैंकको तालिम कक्षको आइसोलेसन सेन्टरमा थिए भने राप्ती सोनारीका ७ जना स्थानीय आइसोलेसनमा रहेको बताइएको छ ।

उनीहरु सबै भारतबाट आएका थिए । आज बाँकेका २९ जना कोरोना संक्रमित निको भएसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या ९७ पुगेको छ । बाँकेमा हालसम्म २ सय ७९ जनामा कोरोना संक्रमित भइसकेका छन् त्यसैगरी एक जनाको क्वारेन्टाइनमै मृत्यु भइसकेको छ ।

आजको ट्रेन्डिङ समाचार