रुपन्देही हत्याकाण्डका आरोपीत पक्राउ, फरुवाले हानेर हत्या गरेको गरे स्वीकार – Samacharpati Samacharpatiरुपन्देही हत्याकाण्डका आरोपीत पक्राउ, फरुवाले हानेर हत्या गरेको गरे स्वीकार – Samacharpati
  • होमपेज
  • रुपन्देही हत्याकाण्डका आरोपीत पक्राउ, फरुवाले हानेर हत्या गरेको गरे स्वीकार

रुपन्देही हत्याकाण्डका आरोपीत पक्राउ, फरुवाले हानेर हत्या गरेको गरे स्वीकार

रुपन्देही हत्याकाण्डका आरोपीत पक्राउ, फरुवाले हानेर हत्या गरेको गरे स्वीकार

बुटवल, २७ जेठ । रुपन्देही हत्याकाण्डका आरोपीत ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवाले हानेर हत्या गरेको स्वीकार गरेका छन् ।

उनले गएराती तिलोत्तमा नगरपालिका वडा नं १० मैनहवास्थित कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा काम गर्ने तीनजना र गाउँका अरु दूईजना गरी पाँचजनाको हत्या गरेको प्रहरीसँग स्विकार गरेका छन् ।

गाईभैँसीको गोठअगाडि सुतेका पाँचजनाको हत्या आफूले गरेको ती व्यक्तिले प्रारम्भिक बयानमा स्वीकार गरेको प्रहरीको भनाई छ ।

सैनामैना मुर्गियाका ४१ वर्षे माधव मुसहर, ३७ वर्षकी जानकी मुसहर, १४ वर्षीय रमेश भनिने पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको हत्या गरेर भाग्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका