कोरोना परीक्षणको रिपोर्ट नआउँदै छाडिएकाहरूकाे रिर्पोट पोजेटिभ • Nepal's Trusted Digital Newspaperकोरोना परीक्षणको रिपोर्ट नआउँदै छाडिएकाहरूकाे रिर्पोट पोजेटिभ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कोरोना परीक्षणको रिपोर्ट नआउँदै छाडिएकाहरूकाे रिर्पोट पोजेटिभ

कोरोना परीक्षणको रिपोर्ट नआउँदै छाडिएकाहरूकाे रिर्पोट पोजेटिभ

  • आइतवार, जेष्ठ २५, २०७७
कोरोना परीक्षणको रिपोर्ट नआउँदै छाडिएकाहरूकाे रिर्पोट पोजेटिभ

जलेश्वर, २५ जेठ । कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएपछि उनीहरुलाई घरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वडा नं ७ मा अवस्थित यालना विद्यापिठको क्वारेन्टिनमा बस्दै आएका मटिहानी नपा–७ बस्ने २१ वर्षीय पुरुष, ८ बस्ने १८ वर्षीय पुरुष, लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बस्दै आएका वडा नं ९ बस्ने २८ वर्षीय दुईजना र प्रावि धिरापुरको क्वारेन्टिनमा बस्दै आएका वडा नं २ बस्ने ११ वर्षीय एकजना रहेका छन् ।

उनीहरुलाई तीन दिनअघि पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएको बताइएको छ । उनीहरुलाई जिल्ला सदरमुकाम जलेश्वरस्थित आइसोलेशनमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका