बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन • Nepal's Trusted Digital Newspaperबरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

  • आइतवार, जेष्ठ १८, २०७७
बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

काठमाडौं, १८ जेठ । बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको आज ८० वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित निवासमा उनको निधन भएको हो ।

‘जीवन रेखा’ , ‘भागी भागी नजाऊ’ मा नदेखिएका थिए । ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा काम गरेका लोकप्रिय कलाकार ठकुरीको आजै पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले बताए ।

उनको निधनबारे लोकप्रिय कलाकार तथा निर्माता निर्देशक दिपाश्री निरौलाले जानकारी दिँदै फेसबुकमा लेखेकी छिन् ‘बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी बुवा हामी बिच रहनु भएन, वहाको शब अहिले पशुपति आर्यघाट लगिदै बुवा प्रती हार्दिक श्रद्धाञ्जली । ‘ कलाकार ठकुरीका एक छोरी र श्रीमती छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका