गुलरिया, १४ जेठ । गुलरियाको क्वारेन्टाइनमा रहेका ५५ वर्षीय पुरूषको मृत्यु भएको छ । र्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका एक ५५ वर्षिय पुरूषको मृत्यु भएको गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए । गुलरिया नगरपालिका वडा नं ९ का बासिन्दा रहेका उनी कामका लागि अछाम पुगेका थिए ।
अछामबाट ६ दिन पैदल हिँडेर मंगलबार राति बर्दिया पुगेका उनी मंगलबार राति क्वारेन्टाइनमा राखिएका थिए । पछि बिहान उनलाई मृत अवस्थामा फेला पारिएको बताइएको छ । उहाँले अहिले मृतकको स्वाब परिक्षण गर्ने तयारी भइरहेको छ ।