पोखरा नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा साँगितिक कलाकार संघले राहत वितरण | Samacharpati पोखरा नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा साँगितिक कलाकार संघले राहत वितरण – Samacharpati
Samacharpati
बुधबार, साउन १३, २०७८
  • होमपेज
  • पोखरा नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा साँगितिक कलाकार संघले राहत वितरण

पोखरा नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा साँगितिक कलाकार संघले राहत वितरण

पोखरा नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा साँगितिक कलाकार संघले राहत वितरण

पोखरा, १२ जेठ । पोखरा साँगितिक कलाकार संघले पोखराका विपन्न वर्गका लागि राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । ४ चरणमा पोखराका विभिन्न क्षेत्रकमा वितरण गरिएको राहतले लकडाउन प्रभावित ज्यालादारी मजदुर लाभान्वित भएको संघका अध्यक्ष संगीतकार सुनिल थापाले जानकारी दिएका थिए ।

राहत बाँड्न सक्रिय बनेका कलाकारहरुले पहिलो चरणमा पोखरा महानगरपालिका – ३, नदिपुर कोपिलढुङ्गाका दलित तथा विपन्न परिवारका लागि ५२ बोरा राहत वितरण गरेर सहयोग शुरुवात गरेको थियो । चौथो दिनको राहत कार्यक्रम भने पोखराका विभिन्न वडाहरुमा गइ वितरण गरिएको थियो । उक्त दिन पोखरा–३ नदिपुर निलगिरी टोल, नयाबसपार्क क्षेत्र, भैरबटोल, पोखरा–११ फुलबारी तथा, पोखरा–१३ भद्रकाली क्षेत्रमा राहत वितरण गरिएको संघका उपाध्यक्ष गायक भाइ गुरुङ्गले बताएका थिए ।

चौथो दिनको राहत ४५ परिवारका लागि वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा निलगिरी टोलका लागि विकास पुन, भैरबटोलमा प्राप्ती तुलाचन, चिसापानी खोलाका लागि शेरबहादुर पुन, फुलबारी विनोद वानिया र भद्रकाली क्षेत्रका लागि खिमबहादुर गुरुङ्ग र प्रिया गुरुङ्गले संयोजन गरेका थिए । उनीहरुले घरमा चुल्हो बल्न नपाएका विपन्न वर्ग र असहायकोे छनौट गरेका थिए ।

राहत पाएपछि ती व्यक्तिहरुको मुहार खुसी छाएको थियो । संघले मानिसको आवश्यकतालाई मध्यनजर गर्दै तरकारी बेचेर गुजारा चलाउने हेम्जाका दुइ महिलालाई उनीहरुकै आग्रहमा भैरबटोलमा राहत दिएका थिए । यसैगरि भद्रकाली मन्दिरको फेदमा रेलिङ्गमा टिन अड्याएर विगत १ वर्ष देखि वास बस्दै आएका एक मजदुरलाई पनि संघको राहत दिएको थियो । चौथो दिनको कार्यक्रममा गायक भाइ गुरुङ्ग, विनोद वानिया, आनन्द बज्राचार्य, संगीतकार सुनिल थापा, श्यामसुङ्ग तामाङ्ग, प्राप्ती तुलाचन लगायत सहभागी थिए ।

यस अघि संघले पोखरा वडा नम्बर १० तथा १५ क्षेत्रका अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिसकेको छ । उक्त क्षेत्रमा ४७ घर परिवारलाई राहत वितरण गरिएको थियो । जस मध्य ३० जना अपाङ्गता भएका व्यक्तिको परिवार तथा १७ जना विपन्न परिवार थिए । यसैगरि संघले पोखरा–६ लेकसाइडका जरेबर, नारेश्वर क्षेत्रमा १६ परिवार, बाराही चोक क्षेत्रमा २४ परिवार तथा सेन्टरपोइन्ट क्षेत्रमा १३ परिवार गरि ५३ परिवारका लागि पनि राहत वितरण गरेको थियो ।

लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान बेलुका हातमुख जोड्न नै समस्या परेको छ । गरिव, निमुखा तथा अपाङ्गहरुको घरमा खाद्यान्न अभाव नहोस भनेर पोखराका कलाकार यतिबेला राहत वितरणमा जुटेको हो । पोखरा युके फाउण्डेशन युकेले हरेक विपत्तीमा सहयोग गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको पहलमा पोखरा सँगितिक कलाकार संघले राहत वितरण गरेको हो ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता