आफ्नो देशकाे पक्षमा बोल्ने मनिषा कोईराला माथि खनिए भारतिय मिडिया – Samacharpati Samacharpatiआफ्नो देशकाे पक्षमा बोल्ने मनिषा कोईराला माथि खनिए भारतिय मिडिया – Samacharpati
  • होमपेज
  • आफ्नो देशकाे पक्षमा बोल्ने मनिषा कोईराला माथि खनिए भारतिय मिडिया

आफ्नो देशकाे पक्षमा बोल्ने मनिषा कोईराला माथि खनिए भारतिय मिडिया

आफ्नो देशकाे पक्षमा बोल्ने मनिषा कोईराला माथि खनिए भारतिय मिडिया

काठमाडौं,  ८ जेठ । नेपालले नँया नक्सा सार्वजनिक गरेपछि मनिषाले ट्वीटबाट भारतलाई दिएको कडा जवाफलाई चर्चित संचारकर्मी रवी लामिछानले सर्मथन गरेका छन् ।

उनले कोइरालाको एक ट्वीटका कारण भारतिय मिडियाको पसिना छुटेको बताएका छन् । भारतिय मिडियालाई आफ्नै सरकारले संयुक्त राष्ट्रमा वुझाएको नक्साको अध्ययन गर्न सुझाव दिएका छन । मनिषा कोईराला जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी भएकोले उनी बोल्छिन भन्दै कडा स्टाटस लेखेका छन् ।

उनले लेखेका छन् “मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ ।

कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिन त ?

नेपालले नँया नक्सा स्वीकृत गरेपछि मनिषाले सरकारले आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गर्दै नेपाल- भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेकी थिईन ।

‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषाले ट्वीट गरेपछि भारतिय मिडियाले उनको खेदो खनेका थिए । मनिषाको भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत उनीमाथि जाइलागेका हुन् । उनलाई भारतको खाएर चिनको गीत गाएको आरोप समेत लगाउदै भारत छाड्न समेत भनेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका