क्वारेन्टाईन नहुदा २ युवा रातभरी बारीमा बस्न बाध्य – Samacharpati Samacharpatiक्वारेन्टाईन नहुदा २ युवा रातभरी बारीमा बस्न बाध्य – Samacharpati
  • होमपेज
  • क्वारेन्टाईन नहुदा २ युवा रातभरी बारीमा बस्न बाध्य

क्वारेन्टाईन नहुदा २ युवा रातभरी बारीमा बस्न बाध्य

कतै बस्न नपाएपछि पर्यावरण रेडियोको प्रांगणमा त्रिपालको क्वारेन्टाईन बनाइदैं

क्वारेन्टाईन नहुदा २ युवा रातभरी बारीमा बस्न बाध्य

छाँया नेपाल, ललितपूर, ७ जेठ । ललितपूरको गोदावरी नगरपालीकामा क्वारेन्टाईन नहुदा कोरोना संक्रमणको सङ्का भएका २ युवा रातभरी बारीमा बस्न बाध्य भएका छन् । तीन दिन अघि पोखराबाट आएका २ युवालाई घरभेटीले घर प्रवेश गर्न नदिएपछि युवाका आमाले आफ्नो छोरो बारीमै बसेको बताउनुभयो ।

ज्याला मजदुर गरि बस्ने एकल महिला भएकाले नगरपालीका, वडा कार्यालय, प्रहरी कसैले पनि मलाई सुनेनन्, कतैबाट सहयोग पाईन, अस्ती रातिभरी पानी पर्दा पनि छोराहरु बारिमा बसे, युवाहरुको आमाले बताउनुभयो । हिजो दिनभरी प्रयास गरेर एउटा हलमा राख्ने प्रयास गरे, तर नगरपालीकाले क्वारेन्टाईनको व्यवस्था गर्न सकेन ती महिलाले सीआईएनलाई बताउनुभयो ।

तीन दिन अघि नै टेकुमा गएर स्वाव परिक्षणका लागि छोडेका युवाहरुको कोरोना पोजेटिभ देखिएको रिपोर्ट प्राप्त नभई घरभेटीले घरमा प्रवेश गर्न नदिने बताएका छन् । क्वारेन्टाईनको व्यवस्था गर्न आफुहरुले नगरपालीकालाई आग्रह गर्दा पनि युवाहरु राख्ने व्यवस्था नभएपछि नभएपछि रेडियो पर्यावरणको प्राङ्गणमा त्रिपालको क्वारेन्टाईन बनाएर राख्न लागिएको रेडियोका इन्चार्ज अनिता महर्जनले जानकारी दिनुभयो ।

गोदावरी नगरपालीकाले किटिनी उच्च माध्यामिक बिद्यालयमा क्वारेन्टाईन बनाउने घोषणा गरेको थियो तर स्थानीयको बिरोधका कारण बनाउन नसकेको नगरपालीकाले जनाएको छ । गोदावरी नगरपालीका जस्तै धेरै स्थानीय तहले व्यवस्थीत क्वारेन्टाईन बनाउन सकेका छैनन्, बाहिरबाट नगर प्रवेश गर्नेहरुको संख्या भने बढ्दै गएको छ ।

काठमाण्डौ उपत्यकामा मात्रै ३ दर्जन कोरोना संक्रमित भेटिदा समेत राजधानीमै भएका स्थानीय तहहरुले बढ्दो संक्रमणले निम्त्याउने बिपत्तीको पूर्व तयारी गर्न सकेका छैनन् ।

सरसफाई र उचित खानेपानीको व्यवस्था नभएको एक क्वारेन्टाईनमा झाडापखालाले ज्यान गुमाएको युवालाई कोरोना संक्रमण त थियो होला तर उसको मृत्यूको कारण कोरोना भनेर गणना गरेको जस्तै अवस्थाहरु दोहोरिनु हुदैन । सरसफाईयुक्त र व्यवस्थीत क्वारेन्टाईनको व्यवस्था गर्न स्थानीय तह लाग्नु पर्दछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका