पोखरा साँगितिक कलाकार संघद्धारा ज्यालादारी मजदुरलाई राहत वितरण • Nepal's Trusted Digital Newspaperपोखरा साँगितिक कलाकार संघद्धारा ज्यालादारी मजदुरलाई राहत वितरण • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पोखरा साँगितिक कलाकार संघद्धारा ज्यालादारी मजदुरलाई राहत वितरण

पोखरा साँगितिक कलाकार संघद्धारा ज्यालादारी मजदुरलाई राहत वितरण

  • शनिबार, जेष्ठ ३, २०७७
पोखरा साँगितिक कलाकार संघद्धारा ज्यालादारी मजदुरलाई राहत वितरण

पोखरा, ३ जेठ । पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोग तथा पोखरा साँगितिक कलाकार संघ नेपालको समन्वयमा पोखरामा लकडाउन प्रभावितका लागि राहत वितरण गरिएको छ ।

96737872 628161217770638 3833569877197586432 n

पोखरा महानगरपालिका – ३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत हस्तान्तरण गरिएको संघका अध्यक्ष संगीतकार सुनिल थापाले जानकारी दिए ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा परेर नेपालमा पनि ५२ दिन देखि लकडाउनको अवस्था रहेको छ । दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरुलाई परेको मर्कालाई मध्यनजर गर्दै राहत वितरण गरिएको अध्यक्ष थापाले बताए ।

राहतमा एक बोरा चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरि एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरि वितरण गरिएको गायक भाष्करध्वज श्रेष्ठले बताए ।

संघले आवश्यकता अनुसार पोखराका विभिन्न स्थानमा राहत वितरणको कार्यक्रम राखेको छ । पोखरा युके फाउण्डेशन युकेका लागि भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गले सहयोग संकलन गरि पोखरा साँगितिक कलाकार संघलाई वितरणका लागि समन्वय गरेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका