भारतबाट आउने तयारीमा रहेका नेपालीलाई राख्न सीमावर्ती क्षेत्रमा क्वारेन्टिन निर्माण | Samacharpati भारतबाट आउने तयारीमा रहेका नेपालीलाई राख्न सीमावर्ती क्षेत्रमा क्वारेन्टिन निर्माण – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • भारतबाट आउने तयारीमा रहेका नेपालीलाई राख्न सीमावर्ती क्षेत्रमा क्वारेन्टिन निर्माण

भारतबाट आउने तयारीमा रहेका नेपालीलाई राख्न सीमावर्ती क्षेत्रमा क्वारेन्टिन निर्माण

भारतबाट आउने तयारीमा रहेका नेपालीलाई राख्न सीमावर्ती क्षेत्रमा क्वारेन्टिन निर्माण

काठमाडौं, २ जेठ  । भारतका विभिन्न सहरबाट फर्किएका र फर्किने तयारीमा रहेकाहरूलाई राख्न प्रदेश २ सरकारले सीमावर्ती पालिकाहरूमा क्वारेन्टिन निर्माणमा गर्दै छ । प्रदेश २ को सीमावर्ती ती ठाउँमा ठुलो क्षमताका क्वारेन्टिन निर्माण गरी भारतबाट आउने तयारीमा रहेकाहरूलाई राख्ने भएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भने, ‘प्रदेशको सीमावर्ती क्षेत्रमा ठूलो क्षेत्रफलको क्वारेन्टिन निर्माण गर्दै छौं । भारतबाट ठूलो संख्यामा नेपालीहरू घर फर्किन थालेपछि उनीहरूलाई राख्न क्वारेन्टिन निर्माण गर्न लागिएको हो ।’

सीमावर्ती भारतीय सहर र दशगजासम्म आएर बसेका नेपालीलाई उद्धार गर्न सीमावर्ती क्षेत्रका पालिकाहरूले भएको क्वारेन्टिनको क्षमता बढाउँदै छन् । महोत्तरीको लजेश्वर नगरपालिकाले यहाँको क्याम्पसमा ३० शड्ढयाको क्वारेन्टिन निर्माण गरेको छ ।

बुधबार दिउँसोसम्म यहाँ ९ वटा शड्ढया खाली थिए । तर, अँध्यारो भएपछि पारिबाट आएका १७ जना थपिएकाले क्षमताभन्दा बढी मानिस भरिएका छन् । भारतले रेलसेवा सुचारु गरिदिएपछि घर फर्किने नेपालीको संख्या बढेको आजको नागरिक दैनिकमा खवर छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता