अन्नपूर्ण गाउँपालिकामा काँडे अष्टेलियन क्याम्प सिढी बाटो निर्माण सुरु | Samacharpati अन्नपूर्ण गाउँपालिकामा काँडे अष्टेलियन क्याम्प सिढी बाटो निर्माण सुरु – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • अन्नपूर्ण गाउँपालिकामा काँडे अष्टेलियन क्याम्प सिढी बाटो निर्माण सुरु

अन्नपूर्ण गाउँपालिकामा काँडे अष्टेलियन क्याम्प सिढी बाटो निर्माण सुरु

अन्नपूर्ण गाउँपालिकामा काँडे अष्टेलियन क्याम्प सिढी बाटो निर्माण सुरु

श्रीभद्र पौडेल, हेमजा, ३० बैशाख। अन्नपूर्ण गाउँपालिका स्थित काँडे अष्टेलियन क्याम्प हुँदै पीतम देउरालीसम्मको सिढी बाटो निर्माण कार्य सुरु भएको छ।

गाउँपालिकाको रु.३० लाख सहयोगमा सो बाटो निर्माण कार्य सुरु भएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिए।

जसअन्र्तगत हाल अन्नपूर्ण ३ को नयाँचौतारीमा सोलिङ तथा गोलडाँडा माथि सिढी हाल्ने कार्य भइरहेको छ।निर्माण कार्य यहि असार १० गतेभित्र सक्नुपर्ने छ।

निर्माण अन्र्तगत कुल दुई हजार ८८ वटा सिढी, एक सय ६५ मिटरमा सोलिङ तथा एक हजार ६ सय १३ वर्गमिटर क्षेत्रफलमा छपनी बिच्छ्याउनु पर्नेछ। यसपटक काँडेदेखि मोहीविसाउने खण्डसम्ममा कार्य हुने निर्माण समितिका अध्यक्ष विकास गुरुङले बताए ।

 

आजको ट्रेन्डिङ समाचार