झाँक्रीले ग्याष्ट्रीकको औषधी भन्दै जंगली जडीवुटी दिँदा एक व्यक्तिकाे मृत्यु • Nepal's Trusted Digital Newspaperझाँक्रीले ग्याष्ट्रीकको औषधी भन्दै जंगली जडीवुटी दिँदा एक व्यक्तिकाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • झाँक्रीले ग्याष्ट्रीकको औषधी भन्दै जंगली जडीवुटी दिँदा एक व्यक्तिकाे मृत्यु

झाँक्रीले ग्याष्ट्रीकको औषधी भन्दै जंगली जडीवुटी दिँदा एक व्यक्तिकाे मृत्यु

  • बिहिबार, बैशाख २५, २०७७
झाँक्रीले ग्याष्ट्रीकको औषधी भन्दै जंगली जडीवुटी दिँदा एक व्यक्तिकाे मृत्यु

देवराज सुवेदी, मेलम्ची, २५ वैशाख ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका – ४ थाङ्पालकोटका जीदे तामाङलाइ प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जनाएको छ । तामाङले ग्याष्ट्रीकको औषधी भन्दै जंगली जडीवुटी सेवन गर्न दिँदा सोही स्थानका एक जनाको मृत्यु भएको थियो भने एक जना गंम्भीर विरामी परेका थिए ।

थाङ्पालकोटकी–३५ बर्षिय मीना तामाङको जडीवुटी सेवनवाट मृत्यु भएको थियो भने उनको श्रीमान अविर तामाङ अचेत अवस्थामा पाईएको र मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारको लागि ओम अस्पताल काठमाडौंमा उपचार भैरहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका