”अस्ट्रेलियामा श्रमिकहरु पैसा नपाएर भौतारिनु पर्दैन” : समाजसेवी कार्की | Samacharpati ”अस्ट्रेलियामा श्रमिकहरु पैसा नपाएर भौतारिनु पर्दैन” : समाजसेवी कार्की – Samacharpati
Samacharpati
शनिबार, भदौ २६, २०७८
  • होमपेज
  • ”अस्ट्रेलियामा श्रमिकहरु पैसा नपाएर भौतारिनु पर्दैन” : समाजसेवी कार्की

”अस्ट्रेलियामा श्रमिकहरु पैसा नपाएर भौतारिनु पर्दैन” : समाजसेवी कार्की

”अस्ट्रेलियामा श्रमिकहरु पैसा नपाएर भौतारिनु पर्दैन” : समाजसेवी कार्की

अस्ट्रेलिया, २१ वैशाख । बिगत लामो समय देखि अस्ट्रेलियाको सिड्नीमा बस्दै आउनु भएका सक्रिय युवा समाजसेवी तीर्थ राज कार्की अत्यन्त्य दयालु र एक अर्को लाई दुःख र सुखमा साथ दिने ब्यक्ति हुन भन्दा अति युक्त नहोला। अस्ट्रेलियामा सक्रिय युवा समाजसेवी कार्की यूनाइटेड वर्कर्स यूनियनका अर्गनाइजर र एनआरएनए अस्ट्रेलिया एन एस डब्लू स्टेट ज्योइन सेक्रेटरी पनि रहेका छन्।

अस्ट्रेलियामा अध्यनरत अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुलाइ राहत बितरण कार्यमा उत्तिकै सक्रिय रहेका कार्की , समस्या परेको छ भने हामीलाई भन्नुस समाधान हामी सग रहेको कुरा बताएका थिए। उनले मजदुर दिवसको दिन चारकुने टीभीका पत्रकार संतोष आचार्य सगको कुराकानीमा उक्त जानकारी दिएका हुन।

अस्ट्रेलियामा श्रमिकहरु पैसा नपाएर भौतारिनु पर्दैन भन्दै सम्पूर्ण श्रमिकहरुलाई मजदुर दिवसको शुभकामना पनि दिएका थिए । आफु समस्यामा पर्दा जसरी तीर्थ राज कार्की युनियन जाेयन भएर कानुनि रूपमा साहायता पाएकाे  बताएका छन् । त्यसरीनै अस्ट्रेलियामा रहेका सम्पुर्ण बिद्यार्थीहरू , वर्करहरूलाइ यूनियनमा आवद्ध हुन पनि सुझाव दिएका छन् ।

आजको ट्रेन्डिङ समाचार