विपतमा खाना घरघरमा, कोहि भोकै भए खबर गर्ने आग्रह • Nepal's Trusted Digital Newspaperविपतमा खाना घरघरमा, कोहि भोकै भए खबर गर्ने आग्रह • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • विपतमा खाना घरघरमा, कोहि भोकै भए खबर गर्ने आग्रह

विपतमा खाना घरघरमा, कोहि भोकै भए खबर गर्ने आग्रह

  • बुधबार, बैशाख १०, २०७७
विपतमा खाना घरघरमा,  कोहि भोकै भए खबर गर्ने आग्रह

पोखरा, १० वैशाख । लकडाउनमा सरकारले आफ्नो तर्फबाट राहत वितरण गरिरहेको भएतापनि सबैको पहुँचमा नपुगेको अवस्थामा पोखरामा केहि व्यक्तिहरुले खाना नपाउनेलाई घरमै खानाको व्यवस्थापन गरेको छ ।

1 3

पोखरा १५ नयाँगाउ चोकमा हालै संचालनमा आएको याक तिवेतियन रेष्टुरेण्ट एण्ड क्याफेका संचालक हरिशरण थपलिया, सुरेश थापा, सुरजमान सिंह बस्नेत, डविन गुरुङ र साथिहरू मिलेर व्यक्तिगत खर्चमा निसुल्क खाना बाडिरहेका छन् ।

दिन प्रतिदिन खाना खानेहरू बडिरहेको वताउँदै सहयोग गर्न इच्छुकले यस कार्यमा सहभागी हुन हरिशरण थपलियाले अनुरोध गरेका छन् ।

विपतको वेलामा विशाल मनका युवाहरूले कोहिभोकै बस्न नपरोस भनेर थालेको यस अभियानमा पहिलो दिन ३०, दोस्रो दिन ९५, तस्रो दिन १४०, चौँथो दिन १८०, पाँचौँ दिन २३० र आज छैट्टौ दिन २५० जनालाई खाना वितरण गरेका छन् ।

आज यो विपत्को बेला यसरी समाज सेवामा लाग्नु हुने यो सम्पुर्ण टिमलाई नै सलाम छ। धेरै गर्नु पर्दैन जति सक्नुहुन्छ तेति सहयोग गरिदिनोस् यी युवाहरूलाई भन्न चाहन्छौ।

यदि तपाईहरुको वरपर पनि कोही भोकै छन् भने हरिशरण थपलियालाई ९८५६०४९८०८ र ९८०११४९८०८ मा सुरेश थापालाई खबर गर्न उनिहरुले वताएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका