बेलायतमा बस्ने पोखरा याङ्जाकोट घर भएका गुरुङकाे कोरोनाबाट मृत्यु | Samacharpati बेलायतमा बस्ने पोखरा याङ्जाकोट घर भएका गुरुङकाे कोरोनाबाट मृत्यु – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • बेलायतमा बस्ने पोखरा याङ्जाकोट घर भएका गुरुङकाे कोरोनाबाट मृत्यु

बेलायतमा बस्ने पोखरा याङ्जाकोट घर भएका गुरुङकाे कोरोनाबाट मृत्यु

बेलायतमा बस्ने पोखरा याङ्जाकोट घर भएका गुरुङकाे कोरोनाबाट मृत्यु

लण्डन, १० वैशाख बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताउनुभयो । आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार