राजधानीवाट घर फर्किन दिन परिवार दलको माग | Samacharpati राजधानीवाट घर फर्किन दिन परिवार दलको माग – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • राजधानीवाट घर फर्किन दिन परिवार दलको माग

राजधानीवाट घर फर्किन दिन परिवार दलको माग

राजधानीवाट घर फर्किन दिन परिवार दलको माग

काठमाडौं, ५ वैशाख। नेपाल परिवार दलले राजधानीमा जीवन यापन गर्न कठिन भएर आ आफ्नो घर फर्कन चाहेका नागरिकहरुलाई तुरुन्त घर फर्कने ब्यबस्था गर्न सरकारको गंभिर ध्यानाकर्षण गरेको छ ।

 

“कि त अति बिपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खानपानको व्यवस्था गर्नु पर्यो, कि त उनीहरुलाई आ आफ्नो घर फर्कने प्रबन्ध मिलाई दिनु पर्यो“ दलका अध्यक्ष एकनाथ ढकालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

“थर्मोमिटर गन“ द्वारा जरोको परिक्षण गरि जरो नादेखिएकाहरुलाई घर फर्कन दिने र देखिएकाहरुलाई थप परिक्षणको लागी सिफारिस गर्ने व्यवस्था मिलाउनु उचित हुने पनि सो दलले जनाएको छ ।

परिवार दलले देशको सबै साधनश्रोतको मालिक नागरिक भयकोले यस संकटको घडीमा आफना जनताको लागी सरकारले मन खुलाएर ढुकुटी खोल्नु पर्छ भन्दै जनताको बाच्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।

कोभिड १९ नियन्त्रण तथा रोकथाम कोषमा जम्मा भएको रकमको तुरुन्त सदुपयोग गर्न र सरल तरिकाले राहत वितरण गर्न पनि परिवार दलले माग गरेको छ ।

 

आजको ट्रेन्डिङ समाचार