पोखराकी एक महिलाकाे रिपाेर्ट: एन्टिबडी पोजेटिभ, पिसिआर प्रविधिबाट नेगेटिभ • Nepal's Trusted Digital Newspaperपोखराकी एक महिलाकाे रिपाेर्ट: एन्टिबडी पोजेटिभ, पिसिआर प्रविधिबाट नेगेटिभ – Nepal's Trusted Digital Newspaper पोखराकी एक महिलाकाे रिपाेर्ट: एन्टिबडी पोजेटिभ, पिसिआर प्रविधिबाट नेगेटिभ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखराकी एक महिलाकाे रिपाेर्ट: एन्टिबडी पोजेटिभ, पिसिआर प्रविधिबाट नेगेटिभ

पोखराकी एक महिलाकाे रिपाेर्ट: एन्टिबडी पोजेटिभ, पिसिआर प्रविधिबाट नेगेटिभ

  • बिहिबार, बैशाख ४, २०७७
पोखराकी एक महिलाकाे रिपाेर्ट: एन्टिबडी पोजेटिभ, पिसिआर प्रविधिबाट नेगेटिभ

पोखरा, ४ वैशाख– र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा पोखराकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको छ ।

पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको आरडीटी विधिबाट नमुना परीक्षण गर्ने क्रममा पोखरा १२, ढिकालेथरकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

उनको स्वाब सङ्कलन गरी थप परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएकोमा पिसिआर प्रविधिमा परीक्षण गर्दा नेगेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती महिला करिब एक महिना अघि दुबईबाट नेपाल फर्किएकी थिइन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका