१ केजी खसीको मासु १८ सय रुपैयाँमा बिक्री गर्ने मासु पसले परे कारवाहीमा | Samacharpati १ केजी खसीको मासु १८ सय रुपैयाँमा बिक्री गर्ने मासु पसले परे कारवाहीमा – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • १ केजी खसीको मासु १८ सय रुपैयाँमा बिक्री गर्ने मासु पसले परे कारवाहीमा

१ केजी खसीको मासु १८ सय रुपैयाँमा बिक्री गर्ने मासु पसले परे कारवाहीमा

१ केजी खसीको मासु १८ सय रुपैयाँमा बिक्री गर्ने मासु पसले परे कारवाहीमा

काठमाडौँ, ३० चैत । लकडाउनको मौका छोपेर मिलाएर लुट्नेहरुको नेपालमा कमी छैन । ठूला ब्यबसायीदेखि साना खुद्रा पसलेहरुसम्मले मिलाएर लुटीरहेका समाचारहरु मिडियामा आइरहेका बेला १ केजी खसीको मासु १८ सय रुपैयाँमा बिक्री भइरहेको पाइएको छ ।

दिनदहाडै ठगी गरेर ब्रमलुट पार्ने अरु कोही नभएर काठमाडौँको चर्चित भनिएको बानेश्वरस्थित आइ कालु मिट सेन्टर हो । जसलाई बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खसीको मासु कालोबजारी गर्दै चर्को मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) ३८ (ङ)को कसुरमा ३९ (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ ।

विभागले बजार अनुगमनको क्रममा आइकालु मासु पसलमा खसीको मासु एक हजार आठ सय रुपियाँ लिई बिक्री गरेको पाइएकाले उसलाई दुई लाख रुपियाँ जरिवाना गरेको समेत स्पष्ट पारेको छ ।

लकडाउनको समयमा यही मौका भनेर कसैले तपाईलाई बढी मूल्य लिन्छ भने तत्कालै प्रहरीलाई खबर गरेर बिल सहित सूचना उपलब्ध गराएको खण्डमा कालोबजारी गर्नेहरुलाई तत्कालै कारवाही गर्ने सरकारले पटक पटक बताउँदै आएको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता