कोरोना भाइरसबारे चार जातिको भाषामा सचेतना – Samacharpati Samacharpatiकोरोना भाइरसबारे चार जातिको भाषामा सचेतना – Samacharpati
  • होमपेज
  • कोरोना भाइरसबारे चार जातिको भाषामा सचेतना

कोरोना भाइरसबारे चार जातिको भाषामा सचेतना

कोरोना भाइरसबारे चार जातिको भाषामा सचेतना

तनहुँ, २४ चैत । व्यास नगरपालिका कार्यालयले चार जातिको भाषामा जिंगल बनाएर आइतबारदेखि कोरोना भाइरससम्बन्धी माइकिङमार्फत सचेतनामूलक कार्य थालेको छ । दरै, गुरुङ, मगर र नेवार जातिको भाषामा जिंगल बनाएर नगरपालिकाका १४ वटै वडामा पुगेर प्रचारप्रसार गरी थालिएको हो ।

‘आफू बाँचे परिवार बाँच्छन्, परिवार बाँचे देशै बाँच्ने’ हुँदा हेलचेक्य्राइँ नगर्नका लागि सचेतनामूलक सन्देश माइकिङमार्फत दिन लागिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले बताउनुभयो । विदेशबाट आएका व्यक्तिलाई सुरक्षित किसिमले क्वारेन्टाइनमा बसेर सहयोग गर्नसमेत आग्रह गरिएको छ । स्थानीय एफएमका माध्यमबाट पनि कोभिड– १९ सम्बन्धी सन्देशमूलक विषयवस्तुको प्रचारप्रसार गरिएको उहाँले जानकारी दिनुभयो ।

माइकिङ गर्दै जाँदा जुन समुदायको बस्ती भेटिन्छ, सोहीअनुरुप जिंगलको व्यवस्था गरिने छ । उनीहरुको आफ्नै भाषामा माइकिङ गर्दा सहज रुपमा बुझ्न सक्ने भएकाले सोहीअनुरुपको जिंगलको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । आदिवासी जनजातिको बाहुल्य सो नगरपालिकामा कुल ७१ हजार ८०९ जनसंख्या छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका