कोरोना सङ्क्रमित युवासँगै आएका प्युठानका तीन युवाको पहिचान | Samacharpati कोरोना सङ्क्रमित युवासँगै आएका प्युठानका तीन युवाको पहिचान – Samacharpati
Samacharpati
शनिबार, भदौ २६, २०७८
  • होमपेज
  • कोरोना सङ्क्रमित युवासँगै आएका प्युठानका तीन युवाको पहिचान

कोरोना सङ्क्रमित युवासँगै आएका प्युठानका तीन युवाको पहिचान

कोरोना सङ्क्रमित युवासँगै आएका प्युठानका तीन युवाको पहिचान

कैलाली, २४ चैत ।  कैलालीका कोरोना सङ्क्रमित युवासँगै आएका प्यूठानका तीन युवाको पहिचान भएको छ । सङ्क्रमित युवासँगै भारतबाट आएका  प्युठानका तीन रहेका छन् । जिल्ला प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले तीमध्ये माण्डवी गाउँपालिकाका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकाका एक÷एक जना रहेको जानकारी दिनुभयो । तीनै जनालाई क्वारेनटाइनमा राखी स्वास्थ्य परीक्षण शुरु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो ।

रुकुमपूर्वमा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको चेकजाँच गर्ने गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको दुईसाता बित्दासमेत जिल्लामा एउटा पनि थर्मलगण नआएपछि बिरामीको चेकजाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

हाल जिल्लामा भारतबाट भित्रिनेको सङ्ख्या धेरै भएकाले कोरोनाको जोखिम उच्च रहेको भन्दै स्वास्थ्यकर्मीहरु पनि त्रसित छन् । यस्तो अवस्थामा ज्वरो नाप्ने थर्मलगन समेत नभएपछि लक्षणको आधारमा बिरामीको उपचार गर्ने गरिएको जिल्ला अस्पतालका चिकित्सक डा पूर्णबहादुर पुनले बताउनुभयो ।

 

आजको ट्रेन्डिङ समाचार