जापनमा भेटिए पहिलो कोरोना संक्रमित एक नेपाली | Samacharpati जापनमा भेटिए पहिलो कोरोना संक्रमित एक नेपाली – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • जापनमा भेटिए पहिलो कोरोना संक्रमित एक नेपाली

जापनमा भेटिए पहिलो कोरोना संक्रमित एक नेपाली

जापनमा भेटिए पहिलो कोरोना संक्रमित एक नेपाली

काठमाडौँ, २१ चैत । कोरोनाको त्रास विश्वभर बढीरहेका बेला यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२ हजार ९ सय ८३ पुगेको छ भने कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ ।

अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ । त्यस्तै जापानमा पनि कोरोना संक्रमित नेपाली फेला परेका छन् । २ हजार ६ सय १७ जना कोरोना संक्रमित विरामी भेटिए जापनमा हालै भने एक नेपाली भेटिएका हुन् ।

उनलाई कोरोना देखा परेको टोकियोस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले पुष्टि गरेका छन् । उक्त व्यक्तिको उपचार भइरहेको राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले बताएका छन् । हाल सम्म जापनमा ज्यान जानेो संख्या ६३ पुगेको छ भने संक्रमित भएका ४ सय ७२ जना उपचारपछि घर फर्किएका छन् ।

आजको ट्रेन्डिङ समाचार