बाग्लुङमा जन सिर्जनसिल युवा क्ल्व द्वारा विपन्नलाई घरदैलोमै खाद्यान्न वितरण • Nepal's Trusted Digital Newspaperबाग्लुङमा जन सिर्जनसिल युवा क्ल्व द्वारा विपन्नलाई घरदैलोमै खाद्यान्न वितरण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बाग्लुङमा जन सिर्जनसिल युवा क्ल्व द्वारा विपन्नलाई घरदैलोमै खाद्यान्न वितरण

बाग्लुङमा जन सिर्जनसिल युवा क्ल्व द्वारा विपन्नलाई घरदैलोमै खाद्यान्न वितरण

  • बिहिबार, चैत्र २०, २०७६
बाग्लुङमा जन सिर्जनसिल युवा क्ल्व द्वारा विपन्नलाई घरदैलोमै खाद्यान्न  वितरण

थम्मन थापा, बागलुङ,२० चैत । जन सिर्जनशिल युवा क्लव गलकोट नगरपालिका ३ हटिया बोहोराफाँटले राहत सामाग्री वितरण गरेको छ । कोभिड १९ कोरोना भाईरसको संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले गत चैत १० गतेदेखि देशभर लक डाउन गरे सँगै अहिले विपन्न परिवारलाई बिहान बेलुका छाक टार्न मुस्किल हुन थालेको भन्दै राहत वितरण गरिएको कल्वका अध्यक्ष ईश्वर बोहोराले जानकारी दिनुभयो ।

IMG 3393

साविक हटिया गाविसको वडा नं २ भित्रका दैनिक ज्याला मजदुरी गर्ने, विपन्न र दलित २६ घरपरिवारलाई चामल, दाल, नुन, साबुन र तेल सहयोग प्रदान गरिएको कल्वका कार्यक्रम संयोजक रेशम बोहोराले बताउनु भयो । बेशी देखि बोहोराफाँट हुँदै माम्ले सम्मका स्थानियलाई नगद रु ६० हजारको उक्त राहत प्रदान गरिएको संयोजक बोहोराको भनाई छ ।

कल्वको आफनै कोषबाट सामग्री खरिद गरि गाउँ टोलमै पुगेर हस्तान्तरण गरिएको सल्लाहकार सदस्य भगवान बोहोराले बताउनु भयो । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणलाई मध्यनजर गरि देश पुर्ण रुपमा लक डाउन भएकोले विपन्न परिवारलाई संकट भएको बेला राहतले उनीहरुको दैनिकीमा सहजता प्रदान हुने पुर्व अध्यक्ष बिर बहादुर बोहोराले उल्लेख गर्नुभयो । घरमै राहत ग्रहण गरेपछि आफुहरु खुसी भएको विपन्न एक सदस्य सिमा भर्तालले बताउनु भयो ।

यसले आफुहरुलाई राहत मिलेको भन्दै उहाँले कल्वलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । वि।सं २०७० सालमा स्थापना भएको जन सिर्जनशिल युवा कल्वले स्थानिय स्तरमा विभिन्न सामाजिक कृयाकलापहरु गर्दै आईरहेको छ । राहत हस्तान्तरण अभियानमा कल्वका कार्य समिति पदाधिकारीहरु, सल्लाहकार, समाजसेवी लगायतको उपस्थिती रहेको थियो । राहत हस्तान्तरणको लागि कल्वले वडा सरकार सँग समन्वय गरेको थियो । वडाले तथ्याङ्क प्रदान गरि उक्त कार्यमा सहजता प्रदान गरेको वडा अध्यक्ष विरजंग भण्डारीले बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका