प्रधानमन्त्रीको आइटी सल्लाहकार अस्गर अलीको समूहले काठमाडौँबाट सञ्चालित एक अनलाइन न्युज पोर्टल ‘ह्याक’ गरेको आरोप लागेको छ । आफ्नो विरुद्ध समाचार सार्वजनिक भएपछि अस्गर अलीको समूहले ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्याक गर्दै समाचार नै डिलिट गराएको आरोप लागेको हो ।
काठमाडौँ प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्माले अस्गर अलीको समूहले आफ्नो वेभसाइट ह्याक गर्दै उनी विरुद्ध आएको समाचार हटाएको आरोप लगाएका छन् । मङ्गलबार काठमाडौँ प्रेसले ‘महङ्गोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारको छोराको संलग्नता’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीको समेत संलग्नता रहेको भन्दै समाचार सार्वजनिक भएको थियो ।
news ratopati :- https://ratopati.com/story/124364/2020/4/1/