दुबईबाट फर्किएर आइसोलेशनमा भर्ना भई मृत्यु भएका व्यक्तिकाे रिपोर्ट नेगेटिभ | Samacharpati दुबईबाट फर्किएर आइसोलेशनमा भर्ना भई मृत्यु भएका व्यक्तिकाे रिपोर्ट नेगेटिभ – Samacharpati
Samacharpati
आइतवार, भदौ २७, २०७८
  • होमपेज
  • दुबईबाट फर्किएर आइसोलेशनमा भर्ना भई मृत्यु भएका व्यक्तिकाे रिपोर्ट नेगेटिभ

दुबईबाट फर्किएर आइसोलेशनमा भर्ना भई मृत्यु भएका व्यक्तिकाे रिपोर्ट नेगेटिभ

दुबईबाट फर्किएर आइसोलेशनमा भर्ना भई मृत्यु भएका व्यक्तिकाे रिपोर्ट नेगेटिभ

काठमाडौं, १७ चैत ।  बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय मृत्यु भएका बिरामीको ‘कोरोना नेगेटिभ’ रिपोर्ट आएको छ ।

उनी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका र यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।

जनस्वास्थ्य प्रयोगशालामा भएको उनको पहिलो स्वाब परीक्षण नतिजा कोरोना ‘नेगेटिभ’ आएको बताइएको छ । एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।

आजको ट्रेन्डिङ समाचार