गर्भेकुना सामुदायिक वनमा आगलागि हुदाँ १० हेक्टर वनक्षेत्र नष्ट | Samacharpati गर्भेकुना सामुदायिक वनमा आगलागि हुदाँ १० हेक्टर वनक्षेत्र नष्ट – Samacharpati
Samacharpati
आइतवार, भदौ २७, २०७८
  • होमपेज
  • गर्भेकुना सामुदायिक वनमा आगलागि हुदाँ १० हेक्टर वनक्षेत्र नष्ट

गर्भेकुना सामुदायिक वनमा आगलागि हुदाँ १० हेक्टर वनक्षेत्र नष्ट

गर्भेकुना सामुदायिक वनमा आगलागि हुदाँ १० हेक्टर वनक्षेत्र नष्ट

श्रीभद्र पौडेल, हेमजा, ५ चैत । पोखरा–२५, हेमजा सुईखेत स्थित गर्भेकुना सामुदायिक वनमा मङगलबार आगलागि भएको छ । आगलागिबाट करिव १० हेक्टर वनक्षेत्र नष्ट भएको छ।

वनको टारी भन्ने ठाँउबाट मध्यान्न सुरु उक्त आगोले वासखाल्टो, फल्लापानी लगायतका क्षेत्रको वन नष्ट गरेको हो।करिव ५ घण्टाको निरन्तर प्रयासपछि साँझ मात्रै आगलागि नियन्त्रणमा आएको हो।

जसका लागि उपभोक्ता, अन्य स्थानीय, अथाई प्रहरी चौकी हेमजाका प्रहरी, भगवतीदल गणबाट नेपाली सेना, कालिका गण र गण्डकी प्रदेश सशस्त्र प्रहरी गणबाट प्रहरी टोली खटिएको थियो।

आगो लगाउने व्यक्तिको खोजी भइरहेको वन समूहका सचिव विश्वराज पौडेलले जानकारी दिए। कुल ३१.२५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वन समूहमा एक सय २९ घरधुरी उपभोक्ता आवद्ध छन्।

आजको ट्रेन्डिङ समाचार