नेपालले विमानस्थलबाटै फिर्ता पठायो ३६ विदेशी | Samacharpati नेपालले विमानस्थलबाटै फिर्ता पठायो ३६ विदेशी – Samacharpati
Samacharpati
आइतवार, भदौ २७, २०७८
  • होमपेज
  • नेपालले विमानस्थलबाटै फिर्ता पठायो ३६ विदेशी

नेपालले विमानस्थलबाटै फिर्ता पठायो ३६ विदेशी

कतारले फर्कायो २० नेपाली

नेपालले विमानस्थलबाटै फिर्ता पठायो ३६ विदेशी

काठमाडौं, ४ चैत । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई वेवास्ता गर्ने कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिन अघि र १८ जना सोमबार फिर्ता भएका हुन । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वारेन्टाइनमा राखेको छ ।

कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइदैन् । त्यसबारे दूताबासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वदेश फर्काइदिएको परराष्ट्रका अधिकारीले बताए ।

कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो । परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ ।

यता, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।अध्यागमनले कोरोना भाइरस नभएको ब्यहोरा लेखिएको स्वास्थ्य प्रमाण पत्र नल्याइ प्रवेश गर्न खोज्ने ३६ विदेशीलाई फिर्ता(इन्ट्री रिफ्युज्ड) गरेको हो ।

आजको ट्रेन्डिङ समाचार