भारतमा कोरोनाको संक्रमणबाट एक व्यक्तिको मृत्यु | Samacharpati भारतमा कोरोनाको संक्रमणबाट एक व्यक्तिको मृत्यु – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • भारतमा कोरोनाको संक्रमणबाट एक व्यक्तिको मृत्यु

भारतमा कोरोनाको संक्रमणबाट एक व्यक्तिको मृत्यु

भारतमा कोरोनाको संक्रमणबाट एक व्यक्तिको मृत्यु

काठमाडौं, ३० फागुन। कोरोनाको संक्रमणका कारण भारतमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा केही समयअघि साउदी अरबबाट फर्किएका ७६ बर्षीय एक पुरुष रहेको बताइएको छ ।

ती व्यक्तिलाई डाक्टरहरूले कोरोना संक्रमण भएको अनुमान गरे पनि रिर्पोट आउनु अघि नै मृत्यु भएको हो । उनको मृत्युपछि आएको रिपोर्टले उनलाई कोरोना संक्रमण भएको देखाएको कर्नाटक राज्यका वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएका छन् ।

मृतकको सम्पर्कमा आएका व्यक्तिहरू खोज्ने, आइसोलेसनमा राख्ने भइरहेको समाचारमा जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता